तुलसीपुरमा सालनालसहितको नवजात शिशु जंगलमा मृत फेला

२३ माघ, काठमाडौं । दाङको तुलसीपुरमा सालनालसहितको नवजात शिशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए। 

frontline

स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा आइतबार दिउँसो नवजात शिशु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कसैले जन्मनासाथ बच्चा फालेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

‘कसैले बच्चा जन्मिनासाथ जंगलमा लगेर फालेको जस्तो देखिएको छ,’ प्रवक्ता केसीले भने, ‘स्थानीयस्तरमा अनुसन्धान जारी छ।’ 

दुई तीन दिन अगाडि बच्चा कसैले जंगलमा लगेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ। 

जंगलमा मृत फेला परेको शिशुको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here