तीनकुने घटनाका प्रतिवादीको बयान सुरु

काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भयो।
  • न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंको बयान सुरु भएको हो।
  • भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान पनि सुरु भएको छ, उनीहरूविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको छ।

१२ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो । सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ ।

जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।

तीनकुने घटना |दुर्गा प्रसाईं |न्यायाधीश ध्रुवराज कार्की |न्यायाधीश पदमराज पाण्डे

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here