तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो
बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन जाँचलाई तीव्रता दिइएको छ ।






प्रतिक्रिया दिनुहोस्