तीन बुँदे सहमतिपछि तोडिन निहारिका राजपुतले अनसन

फाइल तस्बिर

६ भदौ, काठमाडौं । सरकारसँग तीन बुँदे सहमति भएपछि निहारिका राजपुतले अनसन तोडेकी छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले अनशन तोडेकी हुन् ।

उनी विभिन्न माग राख्दै विगत १७ दिनदेखि अनसन बस्दै आएकी थिइन् । सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने कुरा उल्लेख गरिएको छ ।

frontline

डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले आजैका मितिबाट अनशन अन्त्य गर्ने उल्लेख छ ।

साथै डिएनए परिक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने समेत सहमति भएको छ ।

राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकै क्रममा अनशन बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here