तीन प्रदेशको हिमाली भागमा हिमपात
१९ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले आज बिहान देशका पहाडी भ-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्