तिब्बती लेखक ग्यात्सोलाई १० वर्ष जेल सजाय

२६ मंसिर, ल्हासा । तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्धाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो ।

frontline

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए ।

सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो ।

हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here