तास खेल्ने एक हुल पक्राउ

काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं महानगरपालिका १६ बहतीपोखरीमा तास खेलिरहेको अवस्थामा एक हुल युवकहरु पक्राउ परेका छन् ।  प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो 

frontline

काठमाडौंको बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतम फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले पक्राउ  गरेका थियो ।

उनीहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here