तालिबानको आक्रमणमा परी पाकिस्तानमा छ सैनिकको मृत्यु

१७ चैत, स्लामावाद । पाकिस्तानको उत्तरपश्चिममा रहेको सेनाको शिविरमा बुधबार भएको आक्रमणमा परी छ सैनिकको मृत्यु भएको छ। पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमण गरेका सैनिक स्रोतले जनाएको छ।

ट्याङ्क सहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको छ। पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ।

frontline

पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, ‘व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा छ जना सिपाहीले समाहदत प्राप्त गरेका छन्भने केही घाइते भएका छन्।’

सेनाले तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भएको तर उनीहरूले मृतक तथा घाइतेलाई आफूसँगै लगेको जनाएको छ। 

टीटीपीले दावी गरे अनुसार उक्त आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका र ठूलो सङ्ख्यामा सैनिक अधिकारीको मृत्यु भएको छ।

पाकिस्तानमा आतङ्कवादी घोषित विद्रोही यस समूहले अक्सर आफ्नो उपलब्धिलाई बढाइचढाइ गर्ने गरेको पाइन्छ। त्यस्तै सैन्य जनसम्पर्क विभागले पनि नोक्सानी वा रिपोर्ट गर्न ढिला गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here