तालिबान आतंककारीहरुद्वारा पाकिस्तानको क्यान्टोन्मेन्टमा हमला

४ पुस, एजेन्सी । तालिबान आतंककारीहरुले  पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको क्यान्टोन्मेन्टमा हमला गरेको छ। काउन्टर टेररिज्म सेन्टर (सीटीडी) माथि हमला गरी ९ सैनिक बन्धक बनाएको ती आतंककारीहरुले दावी गरेका छन्।

तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतंककारीले आइतबार क्यान्टोन्मेन्टमा हमला गरेका हुन्। आतंककारीहरुले सीटीडीको एक भाग पूर्णरुपमा कब्जा गरेको बताइएको छ।

frontline

तालिबानी आतंककारीहरुले त्यहाँ रहेका  केही वान्टेड आतंककारीहरुलाई बाहिर निकाली दिएका छन्। आतंककारीहरुले क्यान्टोनमेन्टको सीटीडी स्टेसन पुगेर पाकिस्तानी सैनिकमाथि हमला गरेका थिए। 

टीपीपी प्रतिबन्धित लगभग २५ आतंककारीको गिरफ्तार गरी सोधपुछ भइरहेको छ। यी आतंककारीहरुसँग आधुनिक हातहतियार रहेको बताइएको छ।

आतंकारीहरुले सीटीडीबाट एक भिडियो जारी गर्दै पाकिस्तानका ९ सैनिक बन्धन बनाएको बताएका छन्। सुवेदार खुर्शी अकरमसहित आठ सैनिक बन्धन बनाएको उनीहरुले दावी गरेका छन्।

उनीहरुले अफगानिस्तान जाने वातावरण मिलाइन दिन यहाँको प्रशासनसँग माग गरेका छन्। त्यसका लागि सकेजति छिटो हेलिकोप्टरको बन्दोबस्त गरिदिन समेत आग्रह गरेका छन्।

तर, उनीहरुले क्यान्टोन्मेन्ट सेन्टरमा टेलिफोनको लाइन काटिदिएका छन्। खैरब पख्तुनुख्वाका मुख्यमन्त्रीका सहायक मोहम्मद अलि सैफका अनुसार आतंककारीहरुको आशंकामा पक्राउ परेका केही व्यक्तिहरुले सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास गरेका थिए।

हाल यो क्षेत्र पूर्णरुपमा प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेका छन्।

एक वरिष्ठ प्रहरी अधिकारीले करिब २५ प्रतिबिन्धित टीपीपीका आतंककारीहरुलाई पक्राउ गरी सीटीडीले सोधपुछ गरिरहेको अवस्थामा हमला भएको हो।

यो घटना हुनुभन्दा केही समयअघि दक्षिण बजीरिस्थान जिल्लाको लक्की मारवतको सीमा क्षेत्रमा रहेको एक प्रहरी चौकीमा पनि आक्रमण भएको थियो। सो आक्रमणमा ४ जना प्रहरीको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here