ताप्लेजुङमा एमाले प्रतिनिधिको टुंगो

५ मंसिर, ताप्लेजुङ । १० औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले ताप्लेजुङले शनिबार प्रतिनिधिको टुंगो लगाएको छ । कात्तिक ३० मा पार्टी सदस्यलाई मतदान गराएको एमालेले ५ दिनपछि गणना सक्दै प्रतिनिधिको टुंगो लगाएको हो ।

जिल्ला संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबे आ–आफ्नो समूह बनाएर निर्वाचनमा होमिएका थिए ।

frontline

निर्वाचनबाट थेबे समूहका अधिकांश विजयी भएका छन् । खुलातर्फको ८ पदमा थेबेसहित उनको समूहका दीपेन पोमु, छत्रपति प्याकुरेल, आशिष केदेम, ओङिद शेर्पा र गोपाल थोप्रा विजयी भएका छन् भने साम्सोहाङ समूहका साम्सोहाङ र डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन् । खुलामा १६ जना प्रतिस्पर्धामा थिए । दलितको एक कोटामा थेबे समूहकै मनकुमार नेपाली विजयी हुँदा ४ महिला प्रतिनिधिमा पनि थेबे समूहकै भीमाकुमारी ओझा, मीनाकुमारी केदेम, टीकादेवी दाहाल र उर्मिला थेबे विजयी भएका छन् । महिलातर्फ साम्सोहाङ समूहकी एकमात्र उम्मेदवार निर्मला इजम पराजित भएकी हुन् ।

निर्वाचनमा दुवै उम्मेदवारले आफ्नो क्षेत्रमा भने पकड देखाएका थिए । एक पक्षले अर्कोलाई शून्य हुने गरी मतदान गराएको स्वयं नेताहरू बताउँछन् । थेबेको निवास रहेको सिरिजंगा गाउँपालिकाबाट सुरु गरिएको गणनाबाटै थेबे समूहले अग्रता लिएको थियो । साम्सोहाङको निवास रहेको पाथीभरा याङवरक र तुम्बाहाम्फेको निवास रहेको मेरिङदेन पुग्दा साम्सोहाङ समूह थेबे समूहको हाराहारीमा आएको थियो । फुङलिङ नगरपालिकामा समेत थेबे समूह हाबी भएपछि नतिजा थेबे समूहमै देखिएको हो ।

आफ्नै निवास रहेको फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाको गणनापछि जिल्ला समन्वय समितिका संयोजक धनेन्द्र मादेन भने पराजित भएका छन् । नगरपालिकाको गणना हुनुअघिसम्म मादेन सातौं र थोप्रा नवौं नम्बरमा थिए । गणना सकिँदा थोप्रा आठौंमा अटाए र मादेन बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here