ताइवानमा शक्तिशाली भूकम्प

७ कात्तिक, ताइपेई  :  उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।

तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६।२ म्याग्नीच्युटको मात्र भएको बताएको छ ।

frontline

स्थानीय समयानुसार आइतबार १ः११ बजे मध्याह्नमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराईमा रहेको थियो ।

यिलानमा बस्ने एएफपी संवाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५।४ म्याग्निच्युडको पराकम्पन आएको बताइएको छ ।

सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६।४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए ।

सन १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापूमा गएको ७।६ म्याग्निच्युडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।

सन् २०२० को डिसेम्बर मा यिलानमा ६।२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here