तरकारी बोकेको मिनिट्रक त्रिशूलीमा खस्यो

२६ असोज, भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिक तरकारी बोकेको मिनिट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ ।

गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नम्बरको मिनि ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

frontline

ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दिपेश तामाङको टाउकोमा चोट लागेको छ ।

घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए ।

चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनिट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here