ढोरपाटन नगरपालिकामा ११ जनाका लागि जागिर खुल्यो

ढोरपाटन नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले करार सेवा ११ जना कर्मचारी माग गरेको हाे ।
नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाका लागि अनमी, अहेव, ल्याव असिष्टेन्ट र कार्यालय सहयोगीमा माग गरिएको सूचनामा उल्लेख गरिएकाे छ । अनमी चौथो तहमा तीन जना, अहेब तीन जना, ल्याब असिष्टेन दुई जना र कार्यालय सहयोगी तीन जना गरी ११ जना करार कर्मचारी माग गरेको नगरपालिकाले जनाएको छ ।




इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा ५०० रुपैँया राजश्व तिरेको रसिदसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्