डेनमार्क सरकारद्वारा कोभिड चक्की सेवन गर्न अनुमति
२ पुस, कोपनहेगन । डेनमार्क सरकारले कोभिड चक्की सेवन गर्न मान्यता दिएको छ। त्यहाँको सरकारी स्वास्थ्य अधिकारीहरुले बिहीबार कोभिड-१९ को उपचारका लागि मर्क कम्पनीले बनाएको मोल्नुपिराभिर चक्कीलाई मान्यता दिएको हो।
सरकारले सो मान्यता दिएसँगै गम्भीर प्रकृति भएका कोभिड-१९ का बिरामी र बुढापाकाहरुले समेत सो चक्की सेवन गर्न पाउने छन्।
कोभिडविरुद्ध सो उपचार विधिलाई युरोपेली चिकित्सक एजेन्सीहरुले स्वीकृती दिने तयारी गरिरहेको बताइएको छ।
मर्क कम्पनीले कोभिडको उपचारमा सो चक्की सफल हुने भन्दै आफ्नो परिक्षण सफल बनेको बताएको थियो।
प्रतिक्रिया दिनुहोस्