डेंगु संक्रमण भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना
८ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमण भएपछि उनी किस्ट अस्पतालमा भर्ना भएका हु्न् ।
उनमा कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए अस्पतालले जनाएको छ ।
जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्