डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध

काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।

लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो ।

frontline

कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताए ।

उक्त ऋण १० वर्षका लागि पाँच प्रतिशत ब्याजदरमा प्राप्त भएको उनको भनाइ छ ।

‘हामीले वर्षको दुई करोडका दरले तिर्नेगरी रकम प्राप्त भयो, हामीले सो रकम किसानको खातामा पठाउन थालेका छौं,’ झाले भने ।

निषेधाज्ञाका कारण दूग्ध पदार्थको बिक्री प्रभावित हुँदा झण्डै दूध उत्पादन गर्न किसानको ४५ करोड रुपैयाँ बक्यौता बाँकी रहेको र सोही बक्यौताका लागि ऋण लिइएको झाले बताए ।

संस्थानले ३० करोड रुपैयाँ ऋण माग गरेको भएपनि २० करोड मात्रै पाएको उनले जानकारी दिए ।

२० करोड किसानको खातामा पठाएपछि बाँकी २५ करोड भने डिडिसीकै आन्तरिक बिक्रीबाट तिर्ने संस्थानको तयारी छ ।

सरकारबाट लिएको ऋणबाट चैत १५ गतेसम्मको किसानको बक्यौता चुक्ता हुने र असार १५ सम्मको बक्यौता भने अझै बाँकी हुनेछ ।

करोडौ रुपैयाँ बराबरको धुलो दूध, घ्यू, बटर लगायतका दूग्धजन्य पदार्थ डिडिसीको भण्डारणमा थन्किएको पनि बजार प्रबन्धक झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here