डब्लुएचओ : ओमिक्रोनबाट आत्तिनु पर्दैन
१८ मंसिर, एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेकको छ। एकपछि अर्को देश हुँदै हालसम्म यो भेरिएन्ट ४० भन्दा बढी देशमा फैलिइसकेको छ।
भाइरस निकै संक्रामक र खरतनाक रहेको भन्दै समाचारहरु बाहिर आएपछि विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिएको छ। डब्लुएचओले नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिनु नपर्ने बताएको छ।
संक्रमणबाट जोगिन सतर्क रहनुपर्ने तर यसबाट धेरै आत्तिनु नपर्ने भनाई डब्लुएचओको छ। डब्ल्यूएचओकी शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथनले एक सम्मेलनमा बोल्दै अहिलेको अवस्था एक वर्षअघिको भन्दा धेरै फरक रहेको बताएकी छिन्।
यस भेरिएन्टले विश्वव्यापीरुपमा चिन्ताको अवस्थाको सिर्जना गर्न सक्ने भएपनि यसबारे भविष्यवाणी गर्न गाह्रो हुने उनले बताइन्। कोरोनाको अर्को भेरिएन्ट डेल्टाबाट संक्रमित हुने विश्वमा ९९ प्रतिशत छन्।
विभिन्न देशबाट प्राप्त विववरणका अनुसार ओमिक्रोन ४० भन्दा बढी देशमा फेला परिसकेको छ। उता डब्ल्यूएचओ आपतकालिन निर्देशक माइक रायनले विश्वमा हाल कोविड(नाइन्टिनबिरूद्ध अत्यधिक प्रभावकारी खोपहरू रहेको र त्यसको व्यापक रूपमा वितरण हुनुपर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
समाचारहरुमा भने खोपले पनि यो भेरिएन्टलाई असर नगर्ने बताइएको थियो। संक्रमणलाई मध्यनजर गर्दै विभिन्न देशहरुले यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्