डडेल्धुरामा जीप दुर्घटना, १६ जना घाइते

१७ फागुन, डडेल्धुरा   । डडेल्धुराको नवदुर्गा गाउँपालिका- १ कोटेलीबाट जिल्ला सदरमुकाम बगबजार आउँदै गरेको जीप दुर्घटना भएको छ।

दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ।  से१ ज ४०१ नं को जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक दुर्घटनामा परेको हो।

frontline

घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यात्रुहरु  काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए। जीपमा कति जना सवार थिए भन्नेबारे एकिन भएको छैन ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । अन्यलाई समान्य चोटपटक लागेको छ । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले  क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताए।

दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताए । उनका अनुसार चालक प्रहरीको सम्पर्कमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here