ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२४ भदौ, काठमाडौं । काठमाडौंको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कञ्चनपुरको पुनरवास नगरपालिका-२ का २८ वर्षीय सुगम तामाङ रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। 

frontline

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। 

सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here