ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुईजना घाइते

२ फागुन, चितवन । मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुश्बु घाइते भएका छन् ।

frontline

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको  मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here