टोखा र तारकेश्वरलाई अवैध उत्खनन रोक्न निर्देशन

काठमाडौंको टोखा र तारकेश्वर नगरपालिकालाई शिवपुरी नागार्जुन मध्यवर्ती क्षेत्रको अवैध उत्खनन् रोक्न खानी तथा भूगर्भ विभागले निर्देशन दिएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा जग्गा सम्माउने नाममा अनधिकृत र अवैध भएको भन्दै रोक्न निर्देशन दिएको हो ।

frontline

जग्गा सम्माउने सिफाारिस बनाई फरक काम भएको भन्दै उजुरी परेसँगै विभागले नगरपालिकालाई पत्राचारमार्फत निर्देशन दिएको हो ।

माटो, बालुवाजस्ता निमार्णमुखी सामग्रीको अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्य स्थानीय निकायको दायराभित्र रहेकाले जग्गा सम्माउने बहानामा अवैध उत्खनन भएको छ(छैन, अनुगमन गरी त्यसलाई रोक्न विभागले गत २० कात्तिकमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

बागमती साउथवेस्ट

poster-here