टोकियोमा कोभिड सङ्क्रमण बढेपछि सतर्कता उच्च स्तरमा

९ पुस, टोकियो । जापानको टोकियो महानगर सरकारले कोभिड सङ्क्रमण बढेसँगै बिहीबार सेप्टेम्बर ८ पछि पहिलो पटक चार स्तरीय स्केलमा चिकित्सा तयारीको लागि आफ्नो सतर्कतालाई उच्च स्तरमा बढाएको छ।

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ। यो लहरमा दुई लाख ५० हजार भन्दा बढि सङ्क्रमित भएका छन्।

frontline

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख ५० हजार जना सङ्क्रमित थपिएका हुन्।

कोभिड-१९ का गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको र थप स्वास्थ्यकर्मीहरू भाइरसबाट संक्रमित भएका वा नजिकको सम्पर्कमा आएकाले राजधानीमा चिकित्सा सेवा प्रणाली जोखिम पूर्ण अवस्थामा भएको अधिकारीहरूले बताएका छन्।

टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्। टोकियोमा लगातार बिरामी बढेका छन् ।

महानगरीय सरकारले आफ्नो कोभिड-१९ संक्रमण सतर्कता स्तरलाई चार-स्तरीय मापनमा दोस्रो उच्चमा राखेको छ।

ओसाका, कानागावा, साइतामालगायत प्रमुख शहरमा पनि कोभिड-१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण ३ सय बढिको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here