टेनिस खेलाडी नडालले गरे सन्यासको घोषणा

विश्व चर्चित टेनिस खेलाडी रफाएल नडालले सन्यासको घोषणा गरेका छन्।

३८ वर्षीय स्पेनिश खेलाडी नडालले यसै वर्षको नोभेम्बरमा हुने डेविस कप फाइनलमा अन्तिम खेल खेल्दै सन्यास लिनेछन्।

frontline

उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म तपाईंलाई जानकारी दिन चाहन्छु की अब म व्यावसायिक रुपले टेनिसबाट सन्यास लिँदैछु। पछिल्ला केही वर्ष विशेषगरी गत २ वर्ष मेरा लागि निकै कठिनाईपूर्ण रह्यो।’

उनले भने, ‘अब म आगामी दिनमा खेल्न सक्ने अवस्थामा छैन। त्यसकारण नोभेम्बरमा हुने खेल मेरो खेल जीवनको अन्तिम व्यावसायिक खेल हुनेछ।’

नडालले हालसम्म २२ वटा ग्रान्ड स्लाम टेनिसको उपाधिको जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here