टुँडिखेलमा मनाइयो संविधान दिवस

 काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान संविधान दिवस मूल समारोह समितिद्वारा टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए ।

त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए ।

frontline

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here