टी-ट्वान्टी क्रिकेट : आज नेपाल र कतारको खेल

३० कार्तिक, काठमाडौँ-  टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज नेपाल र कतार आमनेसामने हुँदैछन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

frontline

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । सिरिज अन्तर्गत कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here