टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

१२ फागुन, दाङ । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भूमे गाउँपालिकाको-५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुईजना मजदुरको ज्यान गएको हो ।

frontline

मृत्यु हुनेमा रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका अनुसार दुर्घटना पश्चात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम (पूर्व) अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर ३५ वर्षीयका ध्रुव घिमिरे र उदयपुर चौदन्डिगढी नगरपालिका-५ का २३ वर्षीय रामआशिस चौधरी रहेका छन् ।

दुवै जनाको रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको छ । सब-इञ्जिनियर घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक दिपेन्द्र बानियाँका अनुसार रुकुम पूर्वको धाउने–बालुवा–देउखोला सडकखण्डमा काम गरिरहेको बेला ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिंदा काम गरिरहेका मजदुहरुलाई थिचेको थियो ।

कन्स्ट्रक्सनका सव इन्जिनियर घिमिरे भने टिपरबाट उछिट्टिएर खसेको ढुगांले लागेर घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताए ।

ढुंगा झार्ने क्रममा पल्टिदा टिपर अन्दाजी १०/१५ मिटर तल खसेको थियो । टिपर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here