टक्सार महाशाखामा असर्फी किन्नेको भिड

नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।

frontline

राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्री बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here