झिनो अंकले बढ्यो नेप्से परिसूचक

२३ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ ।

frontline

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने २ अर्ब ६० करोडमै रोकिएको छ ।

दिनभर भएका ४० हजार १३० कारोबारबाट ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा रोकिएको छ ।

बजार झिनो अंकले बढ्दा सबैभन्दा धेरै बढ्नेमा बुद्धभूमी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ ।

यस कम्पनीको सबसेयर मूल्य ३९.१ रुपैयाँले बढेर प्रतिकित्ता ७०३ रुपैयाँ पुगेको छ ।

धेरै बढ्ने दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) बिएनटी देखिएको छ । बिएनटीको सेयर मूल्य ७१९ रुपैयाँले बढेर १३ हजार ८५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here