ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या
१८ माघ, काठमाडौं । भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् ।
ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा बढ्दै जादाँ ज्वाइँले सासुलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए ।
यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो ।
घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल लगेका थिए । तर, महिलाको मृत्यु भइसकेको थियो ।
सासुको हत्या पश्चात आरोपी ज्वाई घटनास्थलबाट नै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीको खोजी कार्य गरिरहेको छ ।
मृतकको परिवारले अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गर्न प्रहरी समक्ष अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्