जेठाजुको हत्याको आरोपमा महिला पक्राउ

९ पुस, काठमाडौं । झापामा आफ्नै जेठाजुको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले ४८ वर्षीया रनमाया बास्तोलालाई पक्राउ गरेको हो ।

शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित माइखोला बगरको कासघारीमा बिहीबार पदमलाल मृत अवस्थामा फेला परेका थिए ।

frontline

घटनाको अनुसन्धानका क्रममा रनमायाले बुधबार घाँस काट्न गएको बेला पदमलालमाथि हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here