जीविकोपार्जन बचत तथा ऋण सहकारीका १२ औ बार्षिक साधारण सभा संपन्न

Exif_JPEG_420

चन्दन कूमार महतो, २८ असोज

frontline

रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ५ भेड़ियाहीमा सञ्चालन रहेको जीविकोपार्जन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा आइतवार संपन्न भएको छ !
सस्थाका अध्यक्ष रामाकान्त प्रसाद पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सस्था द्वारा गठन गरिएको १६ वटा महिला समूहको प्रमुखलाइ नगद सहित सम्मान गरिएको छ !
सम्मान गरिएको महिला प्रमुखहरुमा कान्ति देवी परोहा ६ लाइ नगद रु १७५० , जगपति देवी बौधिमाई नगरपालिका ३ लाइ नगद रु १ हजार , गान्धी देवी मटीअरबालाइ रु १८५० , बिगनी खातून पोखरियालाइ ११०० , रीमा देवी तेजापाकड़लाइ नगद रु ३६०० , दिलमाया देवी इनरवारीलाइ रु १९०० , नबिजन खातूनलाइ नगद रु २१०० , बबिता देवीलाइ रु ३५०० , सबिता देवी भेड़ियाहीलाइ ५०० रुपैयाबाट पुरस्कृत गरिएका छन !
सस्थाले ७ करोड़ ६५ लाखको कारोबार गरेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ! बार्षिक साधारण सभामा नगरपालिकाका मोहमद इरफान अयूब , वड़ा अध्यक्ष मोहमद सजिम अंसारी , वड़ा सदस्य महिन्द्र महतो , श्याम बालक पटेल , राम सिंह पटेल लगायतले आ आफ्नो मंतव्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्

poster-here