जीप दुर्घटनामा एकको मृत्यु,तीन गम्भीर घाइते

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।

frontline

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरीचौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीनजनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here