जी २० का अर्थमन्त्री तथा गभर्नरको शिखर सम्मेलन बैठक इण्डोनेसियाको बालीमा सुरू

३१ असार, काठमाडौं । विश्वका उदयमान जी २० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको शिखर सम्मेलन बैठक इण्डोनेसियाको बालीमा सुरू भएको छ ।

रुस-युक्रेन युद्धले विश्वव्यापी महँगी तथा खाद्यान्न संकट चुलिएको बेला जी २० मा आवद्ध देशका अर्थमन्त्री र गभर्नरहरूको सम्मेलन आयोजना गरिएको हो ।

frontline

साेही बैठकमा रुस र युक्रेनको पनि सहभागिता रहेकाले युद्धरत दुई देशबीच वार्ताका लागि बैठक फलदायी हुनेमा आयोजक इण्डोनेसिया आशावादी देखिएको छ ।

इण्डोनेसियाका राष्ट्रपति जोको विदोदोले यसै महिनाको सुरूमा युक्रेन र रुसको भ्रमण गरेकाले पनि इण्डोनेसिया आशावादी देखिएको हो ।

बैठकमा खाद्यान्न संकट, पेट्रोलियमको मूल्य वृद्धिले पारेको असर तथा रासायनिक मलको अभावलगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

क्रिप्टो तथा अन्य डिजिटल करेन्सीहरूको नियमन, विश्वबैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आर्थिक समस्यामा फसेका देशहरूलाई आर्थिक उद्धारका लागि अनुरोध गर्ने लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

जी सेभेनभित्र नअटाएका तर विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहेका देशहरू जी २० मा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here