जिहादी आतंकवाद विरुद्ध गौरमा जनजागर अभियान” रयाली प्रदर्शन

Exif_JPEG_420

मेवालाल यादव

राष्ट्रिय एकता अभियानद्वारा रौतहट सदरमुकाम गौरमा विहिवार “जेहादी आतंकवाद विरुद्ध जनजागर अभियान” रयाली प्रदर्शन गरिएका छन् ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनयकुमार यादवको नेतृत्वमा सयौं महिला पुरुषहरुले ब्यानर सहित जय श्रीरामको नाराहरु लगाउदै आज शिवालय मन्दीरबाट निष्कीएको रयाली गौरमा परिक्रमा गरेर पुनः शिवालय मन्दीरमा आएर सम्पन्न भएका हुन् ।
मधेश प्रदेशमा जेहादको नाममा हिंसात्मक घटनाहरु बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले धार्मिक नाममा विदेशी जेहादीहरु आएर कट्टरबादको प्रशिक्षण दिएर हिन्दु धर्मको सभा जुलुश, दुर्गा पुजा सहित विभिन्न चाँडपर्वको समयमा हिंसात्मक कार्यक्रम संचालन गराइएको प्रति गम्भीर रुपमा उनले चिन्ता व्यक्त गरे ।
सोझासाभा मुस्लिम समुदायको युवाहरुलाई बर्गलाएर कट्टरबादको प्रशिक्षणबाट धार्मिक सभा माथि तलवार प्रहार, तातो पानी छर्ने, ढुंगामुढा गर्ने लगायतको कार्यको विरुद्धमा जनचेतना गराउने उद्देश्यबाट गौरमा आज रयाली प्रदर्शन गरिएको बताए । यस्ता जनचेतनाबाट त्यस्ता कार्यहरुमा कमि आउने भएको हुँदा देशभरी यस्ता अभियानलाई संचालन गर्ने उनले स्पष्ट पारे ।
“जेहाद भनेको गैर मुस्लिमहरुलाई समाप्त पर्ने र मार्ने कार्यलाई जेहादी भन्ने गरिन्छ” खास गरेर विदेशबाट आउने धार्मिक जेहादी मौलानाहरुको कारण तराई मधेशमा यस्ता घटनाहरु पछिल्लो समयमा बढेर गएको उनले भने । जेहाद भनेको आतंकवाद हो, जेहादी भनेको आतंकवादी हो भनेर बुझ्नका लागि यस्ता अभियानको रुपमा ल्याएको राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष बिनय कुमार यादवले बताउनु भयो ।

frontline

देशमा अहिले जुन एउटा व्यवस्था विरोधी तत्वहरुले विभिन्न प्रलोभन देखाएर वितण्डा मचाइरहेका प्रति कडा रुपमा प्रतिवाद गर्दै त्यस्ता व्यवस्था विरोधी तत्वहरु धमिलो पानीमा माछा पार्ने कार्य गरेर नेपाली जनताहरुलाई गुमराहमा पारेर देशमा अस्थिरता मचाउने कार्यबाट सजग हुनुपर्ने समय आएको छ ।
नेपाली समाज आर्थिक रुपमा अक्रान्त रहेको वेला व्यवस्था विरोधीहरु हिन्दु राष्ट्रको कुरा गरेर जनताहरुलाई ठगिरहेको हुँदा तिनीहरु हिन्दु धर्मको हिमायती नभई व्यवस्था विरोधी मात्रै भएको ठहर गर्दै धेरै पहिला फालिसकेको व्यवस्थालाई पुर्नर स्थापित गर्न नसकिने भएको हुँदा यो मुलुकमा संघिय हिन्दु लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको राष्ट्रिय एकता अभियानका अध्यक्ष यादवले बताए ।
संघिय लोकतान्त्रिक गणतन्त्र भन्दा उत्तम व्यवस्था कुनै नभएको हुँदा राष्ट्रिय एकता अभियानले त्यसमा हिन्दु राष्ट्र बनाउन संघिय हिन्दु लोकतान्त्रिक गणतन्त्र बनाउनु पर्नेमा जोड दिदै लोकतन्त्र माथि विश्वास गर्नेहरु यस्को कुनै विकल्प नगरेको उनले स्पष्ट पारे ।
पुरानो नेताहरुको कारणले गर्दा अहिले विभिन्न खाले आन्दोलनहरु देखापर्न थालेको हुँदा बाउ बाजे एमाले, काँग्रेस, माओवादी लगायतका पार्टीमा रहेको हुँदा त्यसैलाई मत दिनुपर्ने विचारबाट माथि उठेर लोकतन्त्रका राम्रो नेतालाई मत दिएर यो व्यवस्थालाई दिगोपना दिनुपर्ने र जेहाद विरुद्ध जागरुक भई समाजमा शान्ति स्थापनार्थ तर्फ अग्रसर हुन सबै नागरिकहरु हातेमालो गरेर अघि बढ्नुपर्नेमा राष्ट्रिय एकता अभियानका अध्यक्ष यादवले जोड दिए ।

जिहादी आतंकवाद विरुद्ध जन जागरण राष्ट्रिय एकता अभियानद्वारा गौरमा बिरोध प्रदर्शन निकालिएका छन् ।रौतहटको सदरमुकाम गौर नगरी भरि परिक्रमा गरेर रामनिवास सिंहको अध्यक्षमा जिहादी आतंकवाद विरुद्ध जन जागरण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा राष्ट्रिय एकता अभियानका रौतहट जिल्ला सचिव गुड्डु यादव , पत्रकार लगायत राष्ट्रिय एकता अभियानका कार्यकार्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here