जिल्ला भलीबल संघ काठमाडौं काे पूर्ण बैठक सम्पन्न

जिल्ला भलीबल संघ काठमाडौं काे पूर्ण बैठक सम्पन्न भएको छ। शुदर्शन जमकटेल ज्यु को सभापतित्व मा बसेको उक्त बैठकमा आगामी ३ महीने कार्यक्रम को तालिका लाई बहुमत ले पारित गरेको छ। स्थानिय पालिका गठन, प्रतियोगीता, तालिम,सेमिनार, गोष्ठी लगायत का सम्पूर्ण विधालाई समावेश गरेर उक्त कर्यक्रम बनाइएको संघ का महासचिब प्रदीप श्रेष्ठ ले जानकारी गराउनु भयो, ३ उप समिति सहित अन्य एक सल्लाहकार समिति रहेको उक्त संघ मा ब.उपाध्यक्ष रामप्रसाद भट्टराई,दीपक थापा, कोषाध्यक्ष जयन्ती जोशी,एबम् अन्य सदस्य हरुमा संकर दुलाल,प्रधुम्न न्यौपाने,विवेक घिमिरे, कृष्ण कुमार पौडेल, एबं महिला सदस्य हरु मा कृष्ण माया कार्की, रामेश्वरी ठकुराठी रहेका छन्, काठमाडौं जिल्ला मा रहेका काठमाडौं महानर सहित ११ नगरपालिका बाट प्रतिनिधित्व रहेको उक्त संघ मा जिल्ला खेलकुद विकास समिति काठमाडौं बाट २जना प्रतिनिधि गरी १३ सदस्यिय रहने जानकारी महा सचिब प्रदीप श्रेष्ठ ले जानकारी दिनु भयो।नक्साल स्थित क्राउन प्लाजा होटल मा बसेको बैठक आगामी दिनमा निरन्तर रूपमा वस्ने जानकारी महासचिब ले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here