जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बिहानैदेखि सेवाग्राहीको ठूलो भीड लागेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको संख्या बढेपछि कार्यालय परिसर भरिभराउ भएको हो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दैनिक सेवाग्राहीको चाप पछिल्ला केही दिनयता निकै बढेको छ। ‘राष्ट्रिय परिचयपत्र नवीकरण र नयाँ कार्ड बनाउन आउनेको संख्या असाध्यै धेरै छ। बिहानै ६ बजेदेखि लाइन लागेको देखिन्छ,’ अधिकारीले जानकारी दिँदै भने ।

frontline

उनका अनुसार सेवाग्राहीको चाप व्यवस्थापन गर्न अतिरिक्त काउण्टर संचालन, टोलीमार्फत सूचनाको सहज प्रवाह र क्रम अनुसार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

सेवाग्राहीहरूले भने कार्ड बनाउन आवश्यक प्रक्रियामा अझै सहजता र गतिशीलता आवश्यक रहेको बताउँदै प्रशासनको ध्यानाकर्षण गराएका छन्।

जिल्ला प्रशासन कार्यालयले पनि सम्भव भएसम्म छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here