जिरी दुईकिलोमा एम्बुलेन्स दुर्घटना, वृद्धाको मृत्यु

१२ जेठ, सिन्धुपाल्चाेक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।

गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

frontline

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here