जाम्बियामा तीन जनामा ओमिक्रोन संक्रमित
१९ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र जाम्बियामा तीन कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन्।
गत हप्तामा परीक्षण गरिएका दुई पुरुष र एक महिलामा उक्त भेरियन्ट संक्रमण भएको पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ती सबै संक्रमित राजधानी लुसाका वरिपरिका हुन्। ती सबै संक्रमितले केही दिन पहिला मात्रै विदेश भ्रमण गरेका थिए।
राजधानी लुसाका नजिकको जिल्लामा बसोबास गर्ने एक पुरुषमा हल्का लक्षणहरू देखिएको बताइएको छ।
यता, चिबोम्बो जिल्लाका एक पुरुषमा भने लक्षणहरू नदेखिएको बताइएको छ। यस्तै, लुसाका जिल्लाकी एक महिला हल्का लक्षण देखिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्