जापानको फुकुसिमामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२ चैत, टोक्यो । जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जापानस्थित मौसम विज्ञान एजन्सीका अनुसार फुकुसिमामा म‌ंगलबार राति साढे ११ बजे ७.३ रेक्टरस्केलको भूकम्प गएको हो। 

भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। मियागी र फुकुसिमा क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो। 

frontline

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण २० लाख बढी मानिस बिजुलीबाट प्रभावित भएका छन्।

जापानको राजधानी टोकियोमा समेत बिजुली गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here