जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

२४ असार, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ ।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

frontline

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here