जाजरकोटका १८ मतदानस्थल अति संवेदनशील

२ मंसिर, जाजरकोट । जाजरकोटका १८ मतदानस्थललाई अति संवेदनशील मतदान केन्द्रको रुपमा राखिएको छ । ८९ मतदान स्थल मध्य ४३ मतदान स्थल संवेदनशील र २८ मतदान स्थल सामान्य रुपमा बर्गिकरण गरिएको छ । 

सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए ।

frontline

जाजरकोटका ८९ मतदान स्थलमा रहेका एक सय ४३ मतदान केन्द्र सबैमा निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी पुगिसकेका छन्।

मतदान अधिकृतले सर्वदलीय बैठकबाट विभिन्न किसिमका निर्वाचन सम्बन्धी प्रक्रियाबारे सहमति जुटाउने , मतदान स्थलमा मदिरा निषेधित क्षेत्र तोक्ने लगायतका कार्यका साथै मतदानस्थल निर्माण गर्न थालेको मुख्य निर्वाचन अधिकृत केशव चपाईले बताए ।

उनले जिल्लाका केही मतदान केन्द्रमा सञ्‍चारको पहुँच नभएकाले प्रहरी सेटबाट समेत सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाइएको बताए ।

जिल्लाका आठ मतदान केन्द्रमा महिला मतदान अधिकृतको नेतृत्वमा कर्मचारी खटाइएको छ । एक सय ४३ मतदान अधिकृतमध्ये एक सय ३५ मतदान अधिकृत पुरुष र ८ जना महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here