जसपाद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मेवालाल यादव।

१६ मङ्सिर, रौतहट । परोहाको मोतीपुरमा जनता समाजवादी पार्टी नेपालद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

frontline

रौतहटको परोहा नगरपालिका वडा नं. ८ मोतीपुरमा जनता समाजवादी पार्टी नेपाल परोहा नगर कमिटिको आयोजकत्वमा आज एक कार्यक्रम आयोजन गरि अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टीबाट परोहा न.पा. वडा नं.८ नरकटिया मोतिपुरका निर्वाचित वडा सदस्य दिपेन्द्र पटेलको नेतृत्वमा सयौ नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टी परित्याग गरि कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को अर्थमन्त्री माननीय शैलेन्द्र शाह तथा विशिष्ट अतिथि रौतहट क्षेत्र नं. २ विधानसभा “ख” को विधायक माननीय रामकिशोर (किशोरी) राय यादवको हातबाट माला, टिका र गमछा ओढ़ाई जसपामा प्रवेश गराएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश २ का अर्थमन्त्री माननीय शैलेन्द्र साहले रौतहटको चिरपरिचित नेपाली काँग्रेसको गढ़को रुपमा रहेको यो क्षेत्रमा बिकास नहुनु दुर्भाग्य रहेको बताउनु भयो ।

साथै आगामी दिनमा यस क्षेत्र अन्तर्गतका परोहाको मोतीपुरमा स्वास्थ्य, शिक्षा र अन्य लगायत बिकास निर्माणका कार्यहरुमध्येको लागि तत्कालै ५० लाख रुपैया विनियोजन गर्ने प्रतिवद्धता गरेका छन ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै विधायक यादवले जनता समाजवादी पार्टी नेपाल मात्र जनताले खोजेको विभिन्न बिकास निर्माण लगायतका कार्यहरु गर्ने र हामी मधेशीको संघीयता, सुशासन र समाजवादलाई कायम गराउन एक मात्र पार्टी जसपा रहेको दाबी गर्दै जसपालाई युवा नेता,कार्यकर्ता , अग्रपंक्तिमा रहेर राजनीति गर्न तथा युवा शक्ति आवश्यकता रहेको बताउदै पूर्ण सहयोगको लागि जनसमुदायलाई आग्रह गर्दै नव प्रवेशी नेता कार्यकर्ताहरुलाई बधाई समेत उनन्ति प्रगतिको लागि शुभकामना दिएका छन ।

कार्यक्रम जनता समाजवादी पार्टी नेपाल परोहा नगर कमिटिका अध्यक्ष महिला नेत्री शोभा देवी सिंहको अध्यक्षतामा तथा उदघोषण कार्य युवा पत्रकार तथा मधेश प्रदेश मीडिया प्रालिका अध्यक्ष अभिमन्यु पटेलले गर्नु भएको थिए ।

त्यस्तै अतिथिहरूमा जसपाका मधेश प्रदेश सस्य एवं रौतहट जिल्ला इन्चार्ज बृज किशोर यादव, जसपाका जिल्ला अध्यक्ष एवं देवाहि गोनाही नगरपालिकाका नगर प्रमुख युवा मेयर धर्मेन्द्र प्रसाद पटेल, माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, मधेश प्रदेश सदस्य एवं बौद्धिमाई नगरपालिकाका नगर प्रमुख युवा मेयर राजीव रंजन (राजू) यादव, रौतहट जिल्लाको उपसभापति राम वशिष्ठ यादव, देवाही गोनाही नपा १ का वडा अध्यक्ष शेख नुरुल्लाह, नेता श्यामबिहारी यादव, जसपाका नेता, कार्यकर्ताहरू लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here