जलवायु परिवर्तन रोक्नलाई आवश्यक कदम चाल्नु पर्ने माग गर्दै ग्लास्गो शहरमा विशाल विरोध प्रदर्शन
२१ कात्तिक, एजेन्सी : विश्व जलवायु सम्मेलन भईरहेको स्कटल्याण्डको ग्लास्गो शहरमा हजारौंले प्रदर्शन गरेका छन् । जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।
विश्वभर नै वातावरणको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले दबाव बढाईरहेको बेला ग्लास्गोमा एक लाख बढी मानिसले प्रदर्शन गरेका हुन । जुन जलवायु परिवर्तन रोक्ने अभियानमा सवैभन्दा ठूलो प्रदर्शन हो ।
प्रदर्शनका क्रममा रिभरक्लाइड शहरको सडकमा साङ्लो बनाएर उभिएका २१ जना वैज्ञानिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलायतका अन्य शहरहरुमा पनि जलवायु परिवर्तनको मुद्धा सम्बोधनको माग गर्दै प्रदर्शन भएका छन् ।
विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाएका विश्वभरका करीब १५ हजार वैज्ञानिकहरुले पनि जलवायु क्षेत्रलाई न्याय गर्न आकस्मिक कदमहरु चाल्न ढिला भईसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्