जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जबरजस्ती करणी मुद्धाका फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मानेस्वारा गाविस ३ घर भइ हाल भक्तपुर सल्लाघारी बस्‍दै आएका ३८ वर्षीय च्याङ्गवा भन्‍ने सागर तामाङ रहेका छन् ।

frontline

उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटि गएको विशेष टोलीले बुधबार जिल्ला भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ ।

२०७१ वैशाख ५ गते अदालत काठमाडौंले उनलाई जबरजस्ती करणी मुद्धामा ९ वर्ष कैद र १० लाख जरिवाना क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
सागले २०६८ कार्तिक २० गते १५ वर्षीय युवतीलाई फोन गरेर काम लगाइदिने प्रलोभन देखाएर दोलालघाटबाट काठमाडौं ल्याइ गेष्टहाउसमा राखेर करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here