जब रास्वपा सांसदकै र्‍याखर्‍याख्तीमा परे प्रस्तावित राजदूत

काठमाडौं : पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका १३ मध्ये दुई जनाको नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनुवाइबाट पहिलोपटक राजदूतको नाम अस्वीकृत भएको हो।

महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको। अस्वीकृत भएका सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेनलगायतका गम्भीर आरोप लागेका थिए भने खरेलमाथि आर्थिक हिनामिनाको आरोप छ। होल्डमा राखिएका थापामाथि पीआरको विषयमा प्रश्न उठेको छ। 

frontline

थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पीआर भएकाले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जिज्ञान थापाले सरकारी कोषबाट पैसा लिए÷नलिएको र पीआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेपछि सहमति जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here