जनमत पार्टीको जिल्ला ईन्चार्ज शेख जमसैदलाई मन्त्री सिंहले गराए पदभार ग्रहण ।


रौतहट /असोज ३

मेवालाल यादव

-जनमत पार्टी रौतहटको नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएका छन् ।
रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएका हुन् ।

frontline

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएका थिए।
मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए।
साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिक रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएका थिए।

कार्यक्रमको सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here