जनताले परिवर्तन चाहेको छ ः उपाध्यक्ष खान

Exif_JPEG_420

जनताले परिवर्तन चाहेको छ ः उपाध्यक्ष खान

frontline

मेवालाल यादव

जनमत पार्टीका उपाध्यक्ष अब्बदुल खानले रौतहट जिल्लाका राजपुर नगरपालिको वडा नं. ६ को उपनिर्वाचनको प्रचार प्रसारको क्रममा सञ्चार कर्मी सँग कुरा गर्दै जनताले परिवर्तन चाहेक छ , भने बताएका छन् । उपाध्यक्ष खानले वर्तमान अवस्थामा जनताले राजनैतिक परिवर्तनका लागि र विरासतको राजनितिक अन्त गरी विकास र जनता राज चाहेका छन् । यसका लागि नयाँ दल र नयाँ नेतृत्व खोजेको हुनाले मतदाताले जनतमतलाई मतदान गर्न चाहेको बताए । सञ्चारकर्मी सँगी अगाडी कुरा गर्दै उपाध्यक्ष खानले काँग्रेस र एमालेको पुस्तौली राजनैतिकबाट जनता आजित भइसकेकोले जनमतलाई रोजेको बताए । अगाडी कुरा थप्दै वहाँले भन्ने राजपुरका जनताहरुमा अहिले पनि डर त्रास रहेको छ । त्यसैले सबै मतदातालाई मतदान गर्ने गरी वातावारण सृजना गर्नुपर्दछ । यसकालागि सम्बन्धित सबै निकायको ध्यान जाओस भने समेत आग्रह गरेका छन् । सञ्चारकर्मीको प्रश्नमा उपाध्यक्ष खानले रौतहट जिल्लामा उपनिर्वाचन हुने तीनवटै वडामा जनताले काँग्रस र एमालेको विकल्पमा जनमत पार्टीलाई राजेकोले उपनिर्वाचनमा रौतहट जिल्लाको तीनवटै वडामा जनमत पार्टी नै विजय हुने ठोकुवा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here