जनताको प्रतिनिधि हुँँ, ठेकेदारी गर्दिन बरु कुखुरा पाल्छु- धार्चे गाउँपालिका वडाध्यक्ष सूर्यमान

धार्चे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यमान गुुरुङको दैनिकी राजनीतिसँगै कुखुरापालनमा बित्न थालेको छ, यतिबेला ।

‘जनप्रतिनिधिकै सेवा-सुविधाबाट मात्रै बजारको बढ्दो महँगीमा टिक्न सकिँदैन ।’
‘वडाध्यक्ष हुनुअघि निर्माण व्यवसायी थिएँ । निर्वाचित भएपछि ठेक्कापट्टा गर्न नैतिकताले दिएन, गरिनँ । केही काम नगर्ने हो भने बजारभाउ दिनदिनै महँगो हुँदै छ । परिवारको आधारभूत आवश्यकता पूर्ति गर्न मुस्किल हुन्छ । त्यसो भएपछि कि भ्रष्टाचार गर्नुप¥यो कि केही आम्दानी हुने काम गर्नुपर्‍यो’,, ‘त्यसैले कुखुरापालन गर्न सुरु गरेँ ।’ ‘बोइलर कुखुराको ४५ दिनदेखि ५० दिनभित्र उत्पादन लिन सकिन्छ । त्यस अवधिमा हिसाब गर्दा कर्मचारीलाई तलब, अन्य खर्च सबै कटाउँदा ४० हजारदेखि ७०/८० हजार रुपैयाँसम्म नाफा भइरहेको छ’,
‘भाषणभन्दा बढी काममा जोड दिनुपर्छ । मैले नेतृत्व गरेका ठाउँका हरेक जनता आत्मनिर्भर भए मात्र राजनीति गरेको ठहर्छ । त्यसैले म व्यवसायमा लाग्न नै जनतालाई प्रेरित गर्ने गर्छु’, उनी भन्छन् ।

frontline

https://frontlinecheck.com/public/user/palungtar

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here