जनकपुरमा दुई दिन माँस, मदिरा विक्री, वितरण गर्न गराउन प्रतिबन्ध
२ चैत, जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको सार्वजनिक स्थानमा दुई दिन माँस— मदिरा विक्री, वितरण र सेवन गर्नर गराउन प्रतिबन्ध लगाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चैत ३ र ४ गते सूर्यादयदेखि सूर्यास्तसम्म माँस- मदिरा विक्री, वितरण र सेवन गर्न÷गराउन निषेध गरेको सूचना जारी गरेका हुन् ।
चैत ३ गते १५ दिने मिथिला माध्यमिक परिक्रमामा सहभागी यात्रीहरु जनकपुरधाम फर्किदैछन् । उनीहरु चैत ४ गते शुक्रबार बिहान अन्तरगृह परिक्रमा गर्नेछन् ।
अन्तरगृह परिक्रमाको बिहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ । सोअनुसार यसवर्ष जनकपुरबासीले शनिवार होली मनाउँछन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले होलीको नाममा जर्वजस्ती रंग दल्ने, लोला हान्ने, मदिरा र लागुऔषध जस्ता नशालु पदार्थ सेवन गरी गाडी चलाउने र चर्को स्वरमा डिजे बजाउनेमाथि कारबाही हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्