जनकपुरधाम-उपमहानगरका-वडाध्यक्षविरुद्ध-भ्रष्टाचार-मुद्धा

जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियार विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

frontline


अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइ दिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबवासबाट खटेको टोलीले पक्राउ गरेको थियो ।  उनी सेवाग्राहीसँग २४ हजार घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

अनुसन्धानको क्रममा वडा नम्बर १३ का वडाध्यक्ष कार्यालय सहयोगीको मिलोमतोमा सेवाग्राहीसँग नागरिकताको सिफारिसका लागि घुस रकमको बार्गेनिङ गरिएको अख्तियारको टोलीले प्रमाण फेला पारेको बताइएको छ ।

यता विशेष अदालतमा आरोप पत्र दायर भए लगत्तै सार्वजनिक पद धारण गरेको व्यक्तिको पद स्वतः निलम्बन हुने कानूनी प्रावधान अनुसार दुवै निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here